काठमाडौं । गुल्मीमा प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका-१२ भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका-२ बस्ने ४१ वर्षीय पुर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका-१ बस्ने ४२ वर्षीय मिनबहादुर आले रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया