काठमाडौं । हालसम्म नेपालमा ११ हजार भन्दा धेरै संक्रमितले कोरोना बिमा दाबी भुक्तानी पाएका छन् ।
उनीहरुले कोरोना बिमा गरेर लिएको भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ ।
कोरोना बिमा दाबी भुक्तानी ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ लिएको बताइएको छ । पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको बताइएको छ ।
पूर्ण कागजातसहित कोरोना बिमा दाबी पेश गर्नेहरुको संख्या हिजो (सोमवार) सम्म २१ हजार ४२ जना रहेको जनाइएको छ ।
यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया