प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भने- ‘पञ्चायती र वर्तमान सरकारमा कुनै फरक छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई निर्दलीय पञ्चायती सरकारसँग तुलना गरेका छन् ।

कांग्रेसले आयोजना गरेको सरकारविरोधि प्रदर्शनलाई काठमाडौंमा सम्बोधन गर्दै नेता पौडेलले निर्दलीय पञ्चायती सरकार र वर्तमान कम्युनिष्ट सरकारमा कुनै भिन्नता नरहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनष्टि सरकारमा पुल बनाउँदा करङ भाचिन्छ भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले भने, पञ्चायती सरकारमा हामी रुख रोप्दा टाउको फोरिन्थ्यो, कम्युनिष्ट सरकारमा पुल बनाउँदा करङ भाँचिन्छ ।

त्यस्तै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सहनै नसकेको बताए । लामो संघर्षपछि प्राप्त लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेको बताउँदै लोकतन्त्र सहन नसक्ने कुनै पनि शक्तिसँग कांग्रेसको असहमती रहेको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस सडकमा आएको बताउँदै सरकारलाई सचेत हुन सुझाब दिए । वर्तमान सरकारका बद्मासी भनिसाध्य छैन भन्दै पौडेलले संविधानले दिएका अधिकारबाट पनि सरकारले नै जनतालाई बन्चित गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?