घरेलु मैदानमै आर्सनल स्तब्ध !

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ । आइतवार राति भएको खेलमा आर्सनल बर्नलीसँग १(० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा पिएरे एम्रिक औबामियाङले आत्मघाती गोल गरेपछि आर्सनल पराजित भएको हो । उनले खेलको ७३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । यस्तै खेलमा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

खेलको ५८ औं मिनेटमा ग्रानीट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

बर्नलीले ११ खेलमा ९ अंक जोडेको छ । बर्नली १७ औं स्थानमा रहेको छ । आर्सनल १३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?