१३ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं ।  कञ्चनपुरमा १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?