धादिङबाट ५० किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । धादिङबाट प्रहरीले ५० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको सशस्त्रको टोलीले धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो ।

बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको हो । उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ ।

उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?