आर्थिक लेनदेनको कुरा नमिल्दा विवाद, मजदुरको कुटाइबाट ठेकेदारको गयो ज्यान

काठमाडौं । आर्थिक लेनदेनमा कुरा नमिल्दा ललितपुरको चापागाउँमा मजदुरको कुटाईबाट ठेकेदारको मृत्यु भएको छ ।

मजदुरीको पैसा माग्न जाँदा ठेकेदार नारायण बहादुर श्रेष्ठ र मिलन राना मगरबीच विवाद भएको थियो । त्यसै क्रममा उदयपुर, कटारीका मगरको कुटाइबाट सिन्धुलीको फिक्कल गाउँपालिकाका श्रेष्ठको मृत्यु भएको हो ।

उनीहरु दुवैले मादकपदार्थ सेवन गरेको आर्थिक लेनदेनको विवाद भएको प्रहरीले जनाएको छ ।

बिहीवार उनीहरुबीच झगडा भएको र शुक्रवार मात्रै श्रेष्ठको शव भेटिएको थियो । भने कुटपिट लगत्तै मगरलाई पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको थियो ।

झगडा भएको भन्ने जानकारी पाउनासाथ प्रहरी त्यँहा पुगेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?