काठमाडौं । विगत ९ महिनादेखि बन्द रहेको काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान विगत ९ महिनादेखि बन्द रहेको थियो ।
नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाई उडान पुन: शुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
दैनिक एक र एक उडान गर्ने गरी दुई देशबीच उडान सहमति भएको छ । नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया