काठमाडौं । देशका अधिकांश स्थानको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीका कारण मौसममा बदली हुने महाशाखाले जनाएको छ ।
प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।
यस्तै शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना समेत रहेको महाशाखाले जनाएको छ । शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको छ ।
शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भू-भागमा हल्का वर्षा र हिमपात तथा प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
अबका केही दिनमा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया