बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई सम्मान

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा बीबीसीको एक सय प्रभावशाली महिलामध्ये पर्न सफल सपना रोक्का मगरलाई सम्मान गरिएको छ ।

मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।
सो क्रममा सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन् । प्राप्त सो रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने बताउँदै आयोजकलाई उहाँले धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?