खुल्यो लुम्बिनीको मायादेवी मन्दिर

काठमाडौं – कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी पुगेर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी सर्वसाधारणका लागि पनि मन्दिर खुल्ला भएको घोषणा गरेका हुन् ।

लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण सबै क्षेत्र ठप्पप्राय भएका कारण हातमुख जोर्न समेत समस्या परेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खोल्ने अनुमति दिन व्यवसायीले बारम्बार आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?