काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाको कारण ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।
पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म नेपालमा २ लाख २४ हजार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ पीसीआर परीक्षण भएकापे छ । भने १४ हजार २ सय ५५ संक्रमित आइसोलेसनमा रहेको र ५३६ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया