स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको भ्याक्सिन भण्डारणदेखि व्यवस्थापन गर्न छुट्टाछुट्टै समिति बनाएर काम अघि बढाएको छ ।
अमेरिकी कम्पनी फाइजर र मोडर्ना, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, रुसी स्पुतनिक–५ को खोपको अन्तिम परीक्षण भइरहेका बेला मन्त्रालयले खोप व्यवस्थापन गर्न भ्याक्सिनको द्रुत कार्य योजना पारित गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट बिहीबार पारित योजनामा आठवटा क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ । सरकारले सहज रूपमा भ्याक्सिन आयात गर्न यसअघि नै औषधि अध्यादेश जारी गरेर कानुनी बाटो खुला गरिसकेको छ ।
भ्याक्सिन ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचानलगायतको काम गर्न आठवटा समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
कार्ययोजनाअनुसार खोप व्यवस्थापनको छुट्टै सचिवालय रहनेछ । सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक हुनेछन् । विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह छन् । त्यस्तै खोप व्यवस्थापनको प्राविधिक तयारी समितिमा विज्ञहरूलाई राखिएको छ । यो समितिको संयोजकमा खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा श्यामराज उप्रेती छन् ।
त्यस्तै पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन गर्ने अर्को समिति बनाइएको छ । जुन समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार कस्तो हुन्छ र अहिले कति डिग्रीसम्मको खोप राख्न सकिन्छ भन्ने आकलन गर्नेछ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया