काठमाडौं । सप्तरीमा ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका-११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घाँस काटन गएको अवस्थामा ती बालिकालाई ललाई फकाई धारापानी पिकनिकस्थलमा लगि दिपकले यौन दुर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिकालाई आफन्तको जिम्मा लगाउनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया