कोरोनाबाट थप ९ जनाको मृत्यु, कति पुगे मृतक ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलवार नेपालमा कोरोना संक्रमणबाट २१ जनाको ज्यान गएको थियो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । भने हाल नेपालमा १६ हजार ५ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा १६ हजार ५ सय ४७ जना आइसोलेसन र ६ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?