काठमाडौं । आगामी मंसिर २० गते बस्नेगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहिबेर बसेर सकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।
पार्टी भित्र देखिएको समस्या समाधानका लागि अध्यक्ष ओलीको समेत उपस्थितीमा बैठक बस्न उपयुक्त हुने भन्दै बैठक सारिएको सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
साथै आगामी बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितीको लागि समेत प्रवक्ता श्रेष्ठले आग्रह गरेका छन् ।
“आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी ओली उपस्थित हुनुभएन । त्यसकारणले आजको बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको उपस्थितिमा छलफल गर्नु आवश्यक र उपयुत्त, र उचित हुन्छ भन्ने निष्कर्षएका साथ । अनिवार्य उपस्थिपतिको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ आजको बैठक सकिएको छ ।” उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने ।
बैठकमा अध्यक्ष ओली सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले आक्रोश पोखेका थिए ।
ओलीले बैठकबाट भागेको आरोप लगाउँदै वरिष्ठ नेता झलनाथ खनालले अब चुप लाग्न नहुने धारणा राखेका थिए । उनले उनलाई ३ दिन ओलीलाई अल्टिमेटम दिने र त्यसपछि पनि बैठक छल्न खोले आवश्यक निर्णय गर्नुपर्ने धारणा राख । सोही अनुसार ३ दिनको अल्टिमेटम दिइएको एक सचिवालय नेताले जानकारी दिए ।
त्यस्तै भोलीका लागि बोलाइएको नेकपा स्थायी कमिटिको बैठक आगामी मङ्सिर २१ गते १ बजे बस्ने भएको छ । आज एक बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि सारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया