काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५२९ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ । अहिलेसम्म नेपालमा १७ लाख ४६ हजार ३३० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६१६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया