सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीको जोखिम अझै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ ।

त्यस्तै जोखिम अझै कम नभएकाले प्रदर्शन तथा नारा जुलुस गरेको पाइएमा स्थानीय प्रदर्शन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।

प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

प्रेस_विज्ञप्ती

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?