काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले मंसिर २१ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् ।
तारकेश्वर नगर शिक्षा समितिको सोमवार बसेको बैठकले कोरोना भाइरसका कारण नौ महिनादेखि बन्द रहेका विद्यालयहरु मंसिर २१ गतेदेखि खुल्ने निर्णय गरेको तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले लोकपथलाई जानकारी दिईन् ।
उनका उनुसार विद्यालय संचालनपूर्व अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको बैठक बसी स्वास्थ्य सुरक्षाको पूर्ण पालनाको ग्यारेन्टीसहितको कार्ययोजना बनाई त्यसको प्रतिलिपि नगर शिक्षा शाखालाई पेस गर्नुपर्नेछ ।
बिहान र दिउँसो दुई सिफ्ट र कक्षागत आलोपालो गरी साताको तीन दिन कक्षा संचालन गरिने बैठकले निर्णय गरेको उपमेयर डोटेलले जानकारी दिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया