यस्तो छ काठमाडौं उपत्यकामा कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार ८२२ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये ३७९ जना महिला र ४४३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा मात्रै ७ हजार ८६७ सक्रिय केस रहेका छन् भने ७८ हजार १६२ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ३४२ जनाको मृत्यु भएको छ भने ८६ हजार ३७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७ हजार ९२ जना निको भएका छन् । त्यस्तै हालसम्म ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ७८९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा १ हजार ५४६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै ११ हजार ३१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १०३ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १२ हजार ९६४ जनालाई कोरोना संक्रमण भएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ६७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार २३६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख १० हजार ४६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६०१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?