काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार ७८५ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ३३७ जना महिला र ४४८ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लामा मात्रै ७ हजार ६४४ सक्रिय केस रहेका छन् भने ७७ हजार ७८९ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ३३९ जनाको मृत्यु भएको छ भने ८५ हजार ७७२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा ५८९ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७ हजार ४८ जना निको भएका छन् । त्यस्तै हालसम्म ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ७२६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा १ हजार ४९४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ११ हजार २१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९६ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १२ हजार ८०४ जनालाई कोरोना संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया