काठमाडौं । आफ्नो दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले नेपाल आउँन पाउँदा खुसी लागेको बताएका छन् ।
बिहीवार बिहान ११ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको श्रृङ्गलाले पत्रकारहरुलाई नेपाली भाषामा नै सम्बोधन गर्दै नेपाल भारतको सम्बन्धका बारेमा प्रष्ट पारेका छन् ।
नेपाल भारत मित्र राष्ट्र भएको र मित्रवत सम्बन्धलाई कसरी अगाडी बढाउने भन्नेबारे कुरा गर्ने समेत बताएका छन् ।
आफू पहिला पनि काठमाडौं आइपुगेको र विदेश सचिवको रुपमा पहिलोपटक काठमाडौं आएको बताए ।
उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।
गोरखामा भारत सरकारको सहयोगमा निर्माण हुन भइरहेको विकास आयोजनाहरुको निरीक्षणका लागि गोखरा जाने बताएका छन् ।
“नेपालमा आएर मलाई अन्त्यन्तै खुसी लागेको छ । रमाइलो लागेको छ । म पहिला पनि काठमाडौं आएको छु । तर फरेन सेक्रेट्रीको रुपमा पहिलो भिजिट हो । भारत र नेपाल निकटतम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हाम्रो क्लोज रिलेसनसिपलाई कसरी अगाडी बढाउने भन्ने कुरा छलफलमा अघि बढाउँला ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया