आँधीमूल मन्दिरमा प्रवेशमा रोक

काठमाडौं । धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित हुँदै आएको आँधीमूल मन्दिरमा दर्शनार्थीलाई पूर्ण रुपमा रोक लगाइएको छ । आँबुखैरेनी गाउँपालिकाको बैठकले निर्णय गरी वडा नं मा रहेको मन्दिर प्रवेशमा रोक लगाएको हो ।

यही मङ्ङिसर १० गते ठूलो एकादशीका दिन दर्शनार्थीको भीड लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सुरक्षित हुन अहिलेको वर्ष उक्त मन्दिर प्रवेशमा रोक लगाइएको हो । उनले भने, “उक्त दिन आँधीमूल मन्दिरमा दर्शन तथा मेलामा सहभागी हुन बन्देज गरिएको छ ।”

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?