ह्वाइट हाउस छोड्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा बाइडेन विजयी भएको करिव २० दिन पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्ता हस्तान्तरण अर्थात् पावर ट्रान्जिशनको लागि तयार भएका छन् ।

तर हालसम्म पनि उनले औपचारिक रुपमा हार अस्विकार गरिरहेका छन् भने राष्ट्रपति इलेक्ट जो बाइडेनलाई बधाई पदि दिएका छैनन् ।

सत्ता हस्तान्तरणको तयारी अर्थात् अब ट्रम्प प्रशासन छिटै नै ह्वाइट हाउस छोड्ने तयारीमा छ । अमेरिकी राष्ट्रपतिय चुनावको नतिजा ३ नोभेम्बरमा आएको थियो ।

कानून बाटो देखाएँदै ह्वाइट हाउसमा बस्न चाहेका ट्रम्पले अन्ततः सत्ता हस्तान्तरणको तयारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?