कार र टिपर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौं कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?