गोरु काटेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । बाँकेमा गोरु काटेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका-१ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका-२ रोसनपुरुवा बस्ने ३७ वर्षीय सकिल सेक सहित २ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त भएपछि सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?