४२ केजी चिठ्ठीपत्र थन्कियो

काठमाडौं । जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए ।

हप्ताको दुई दिन आइतवार र मङ्गलवार काठमाडौं–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो । निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौं यात्रुको चाप पनि उच्च रहेको छ ।

अहिले काठमाडौं–फाप्लुका लागि सो एयरले आइतवार र बिहीवार तथा तारा एयरले सोमवार र बुधवार नियमित उडान भरिरहेका छन् । निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए ।

कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ । प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?