महानगरपालिका क्षेत्रभित्र जथाभावी पार्किङमा कडाई, एकै दिन ३० मोटरसाईकल र स्कुटर कारबाहीमा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।

काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् ।

‘कोभिड–१९ कारण लकडाउनसँगै हामीले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरेका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले भने, ‘लकडाउन खुलेसँगै काठमाडौंमा भीडभाड बढेको अवस्था छ ।

No description available.

यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान शुरु गरेका हौँ ।’

No description available.

प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भीडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताए ।

उनले काठमाडौ महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको समेत जानकारी दिए ।

No description available.

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपती सापकोटाले आज मात्रै ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा पार्किङ गरेर राखिएका ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको जानकारी दिए ।

‘हामीले आजबाट दुई ओटा टीम परिचालन गरेका छौँ,’ सापकोटाले भने, ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई हामीले उठाएर कारवाही शुरु गरेका छौँ । यो अभियान निरन्तर चल्छ ।’ उनीहरुलाई कागजपत्र हेरेर १ हजार जरिवना तिराउँदै आएको पनि उनले जानकारी दिए । ‘लकडाउनसँगै बन्द भएको अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा शुरुवात भएको भएको छ,’ सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?