के आफ्नै भतिजीसँग विवाह गर्दैछन् प्रभुदेवा ?

काठमाडौं । ४७ वर्षका बलिउड डान्सर, कोरियोग्राफर, एक्टर र डाइरेक्टर प्रभु’देवा विवाह गर्दैछन् । त्यो पनि दोश्रो पटक र आफ्नै भतिजीसँग । सुन्दा अचम्म लाग्छ ।

यो खबर अहिले भाइरल बनिरहेको छ । लजालु स्वभावका उनी विवादबाट टाढै रहन्छन् । अहिलेसम्म उनले यो बारेमा केहि पनि स्पष्टिकरण दिएका छैनन् ।

ईटाइम्सका अनुसार उनी आफ्नी भतिजी शोभासँग डेट गरिरहेका छन् । र अब चाँडै नै विवाह गर्ने तयारीमा छन् । यसमा कति सत्य छ भन्ने कुरा त उनले नै बताउने छन् ।

उनले १९९५ मा रामलतासँग विवाह गरेका थिए । रामलता मुस्लिम र क्लासिकल डान्सर थिइन् । उनले हिन्दू धर्म अपनाएकी थिइन् ।

उनीहरुबाट तीन छोरा भए । तर ठूलो छोरा विशालको क्यान्सरका कारण २००८ मा निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?