कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन

काठमाडौं । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिए ।

नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए । उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएका गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनी नेपाल सरकारबाट समेत सम्मानित थिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?