मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना पक्राउ

लोकपथ संवाददाता
189
Shares
तस्वीर गण्डकी प्रदेश प्रहरी कार्यालय

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी शरिर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरि यही सार्वजनिक गरेको छ ।

विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका-६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती शरिर बन्धक बनाउन मोलमलाई गरिरहेको साथै महिलाहरुलाई शारीरिक तथा मानसिक यातना समेत दिईरहेको अवस्थामा उनीहरुको उद्धार समेत गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले कार्तिक २६ गते बुधवार ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको मादि गाउँपालिका-१ खेलुङ बस्ने २१ वर्षीय जिवन नेपाली, पोखरा महानगरपालिका-४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र जिल्ला काभ्रे पाँचखाल-४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

पक्राउ परेका उनीहरुउपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?