काठमाडौं । हेटौँडा उपमहानगरपालिका-११ स्थित शहीद स्मारक परिसरमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको स्मारक विकास समितिले जनाएको छ । समितिका अनुसार सङ्ग्रहालयको निर्माण कार्य अन्तिम चरण पुगेको छ । मकवानपुरमा बसोबास गरिरहेका आदिवासी जनजातिको वेशभूषा, रीतिरिवाज, धर्मसंस्कृति झल्किने र उनीहरुले प्रयोगमा ल्याइरहेको भाँडाकुँडा र औजार पनि उक्त सङ्ग्रहालयमा राखिने स्मारक विकास समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
उनले शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्ने बताउँदै शहीदहरुको जीवनी र प्रजातान्त्रिक आन्दोलमा पुर्याएको योगदान बारे उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै डाटा केन्द्रको स्थापना भइसकेको जानकारी दिए।
शहीदस्मारक परिसरभित्र एउटै ठूलो ढुङ्गामा कुदिएको १२ शहीदको आकृति झल्किने स्मारक एवम् छुट्टै चिडियाघरको पनि स्थापना गरिएको छ । साथै उक्त परिसरको उत्तरतर्फ निर्मित प्रजातान्त्रिक आन्दोलनका अगुवा विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीको शालिकको स्थापना गरिएको छ भने स्वर्गीय मदन भण्डारीको पनि शालिक स्थापना गरिएको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया