बाइडेनले रोन क्लेनलाई बनाए ह्वाइट हाउसका ‘चीफ अफ स्टाफ’

लोकपथ संवाददाता
399
Shares
WASHINGTON, DC – NOVEMBER 13: U.S. Vice President Joseph Biden (R) joined by Ebola Response Coordinator Ron Klain (L), speaks during a meeting regarding Ebola at the Eisenhower Executive office building November 13, 2014 in Washington, D.C. Vice President Biden met with leaders of faith, humanitarian, and non-governmental organizations that are responding to the Ebola crisis in West Africa. (Photo by Mark Wilson/Getty Images)

काठमाडौं । २० जनवरीमा राष्ट्रपति पदको लागि शपथ लिन गइरहेका जो बाइडेनले रोन क्लेनलाई चीफ अफ ह्वाइट हाउस स्टाफ बनाएका छन् ।

५९ वर्षका क्लेन कट्टर डेमोक्रेट मानिन्छन् । बाइडेनसँग उनको ३१ वर्ष पुरानो सम्बन्ध छ । उनीहरुबीचमा साथीको जस्तै सम्बन्ध छ ।

बाइडेन र भाइस प्रेसिडेन्ट इलेक्ट कमला ह्यारिस अहिले डेलावेयरको क्याम्प अफिसमा आफ्नो टीम तयार गरिरहेका छन् ।

रोन क्लोन अमेरिकाका चर्चित वकीलमध्येका एक हुन् । उनी बराक ओबामाको टीममा पनि सामेल थिए । त्यो बेला बाइडेन उपराष्ट्रपति थिए । र क्लेनलाई स्पेशल अशिस्टेन्ट बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?