नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुप-यो।
सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन्।
‘म निको भइसकेको थिएँ। स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुप-यो।’

स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनुपर्दैन। संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ। तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ। नेगेटिभ रिपोर्ट नआएसम्म समाजले सहज रुपमा हेर्दैन। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?