रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।
रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा खोपको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो । अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक गरेको हो । रुसले गत अगस्टमै स्पुतनिक खोपलाई स्वीकृति दिएको थियो । संसारका अरू मुलुकभन्दा पहिला कोभिड–१९ को खोप बनाउने लक्ष्यका साथ रुसले तेस्रो चरणको परीक्षणबिनै खोपलाई स्वीकृति दिएको थियो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया