पोखरा । चुरोट चोरेको निहूँमा साथीको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत कात्तिक २२ गते राती सँगै मदिरापान गरेर फर्किएका उनीहरु चुरोट विषयमा झगडा गर्दा अवस्था हात हालाहालसम्म पुगेको प्रहरीले जनाएको छ ।
गत कात्तिक २२ गते बेलुकी अन्दाजी ८ बजेर ३० मिनेट जाँदा दाङ घोराही घरभई पोखरा ६ बसुन्धरापार्कमा बसेर कवाडीको सामानहरु उठाउने काम गर्ने अन्दाजी २४, २५ वर्षीय कृष्ण चौधरीलाई कुटपिटपछि टाउकोमा चोट लागेर गम्भिर घाईते भएको अवस्थामा फेला पारेर उपचारको लागि पश्चिममाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट अनुसनधान थालिएको थियो ।
अनुसन्धानको क्रममा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर १ कुशेश्वर दुम्जा घर भई पोखरा ६ बसुन्धरापार्क बस्ने प्रेम भनिने नन्दलाल श्रेष्ठको संलग्नता देखिएको थियो ।
अभियुक्त प्रेमलाई खोजतलास गर्दा कात्तिक २५ गते अन्दाजी ४ बजे तनहूँको आबुखैरेनी नगरपालिका वडा नम्बर २ मार्क्यु सडक खण्डमा फेला पारी समातेर कर्तव्य ज्यान सम्बन्धी मुद्धामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
अनुसन्धान गर्दै जाँदा दुवैजनाले २२ गते बेलुका संगै बसेर सौफी नाम गरेको रक्सी पिएका थिए । मिलेर खाएको सोही समयमा चुरोट हराएको विषयमा एक आपसमा झगडा हुँदा नन्दलाल श्रेष्ठले कृष्ण चौधरीको टाउकोमा
ढुङगाले हिर्काएर गम्भिर घाईते बनाएक थिए । घटनापछि अभियुक्त नन्दलाल श्रेष्ठ भागी फरार रहेको डिएसपी हमालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया