बिहार विधानसभाको मतगणना जारी, कुन पार्टी छ अगाडि ?

काठमाडौं । बिहारमा अहिले विधानसभा चुनावको मतगणना जारी छ ।

बिहारको २४३ विधानसभा सीटको शुरुवाती नतिजा आउन थालेको छ । गणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) र लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल (राजद) बीच कडा प्रतिष्पर्धा देखिएको छ ।

२०० सिटको रुझान सार्वजनिक हुँदा राजद ५७ सिटमा र भाजपा ५४ सिटमा अगाडि देखिएका छन् । यसैगरी जनता दल युनाइटेडले ४२ र कांग्रेस १७ सिटमा अगाडि छ ।

कोरोना महामारीका बीच बिहार विधानसभाका २४३ सिटका लागि तीन चरणमा मतदान भएको थियो । चुनावमा बहुमत प्राप्त गर्नका लागि कम्तीमा ११२ सिट जित्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?