कोरोना रोक्नका लागि बाइडेनले बनाए टास्क फोर्स

काठमाडौं । अमेरिकाको प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले कोरोनासँग लड्नको लागि सोमवार टास्क फोर्सको घोषणा गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो एक्शन हो । ३ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै उनी राष्ट्रपतिका लागि निर्वाचित भएका हुन् ।

उनले कुल ५३७ इलेक्टोरल भोटमध्ये २९० इलैकटोरल भोट पाएका थिए भने ट्रम्पले २१४ भोट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?