अमेरिकामा एकैदिन थपिए १ लाख २५ हजार बढी कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ६९ हजार १२० जनाको मृत्यु भएको छ भने ५ करोड १२ लाख ३९ हजार ३३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ६० लाख ५२ हजार ७३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९३ हजार ६४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ४४ हजार ४४८ जनाको मृत्यु भएको छ भने १ करोड ४ लाख २१ हजार ९५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६५ लाख ५२ हजार ६१० जना संक्रमण मुक्त भएका छन् भने ३६ लाख २४ हजार ८९८ जना उपचाररत छन् । त्यस्तै १८ हजार ९५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा हालसम्म १० लाख ३० हजार २२७ जनालाई संक्रमण भएको छ भने १९ हजार ३३० जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा हालसम्म ९ लाख ८३ हजार ३७१ जनालाई संक्रमण भएको छ भने १८ हजार ५ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ८ लाख ४७ हजार ८२१ ज्नालाई संक्रमण भएको छ भने १७ हजार १७९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सोमवार मात्रै १ लाख २५ हजार ६८९ जना संक्तमित थपिएका छन् भने ६४१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?