काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ६९ हजार १२० जनाको मृत्यु भएको छ भने ५ करोड १२ लाख ३९ हजार ३३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ६० लाख ५२ हजार ७३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९३ हजार ६४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख २७ हजार १०४ जनाको मृत्यु भएको छ भने ८५ लाख ९१ हजार ७५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ७९ लाख ५७ हजार २०६ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ६ हजार ७६५ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ३७ हजार २११ जना संक्रमित थपिएका छन् । यो संख्या भारतमा २६ अक्टोबर यताकै कम हो । त्यस्तै ४५१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया