काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनलाइन मार्फत् आयोजना गरेको ७३ औँ विश्व स्वास्थ्य सभामा विश्वभरका नेताहरुसँग अघिल्लो महामारीसँग लढ्नको लागि तयार रहन आग्रह गरेको छ ।
सम्बोधनका क्रममा डब्ल्यूएचओले अर्को महामारीका लागि तयार रहन भन्दै चेतावनी दिएको हो ।
कोरोना भाइरसको संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाइरहेकोले यसबाट बच्न नियम पालना गर्नुपर्ने बताएको छ ।
डब्ल्यूएचओले कोरोना मात्रै नभएर अब आउन सक्ने महामारीसँग लड्नको लागि हरेक राष्ट्रले स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया