ताप्लेजुङमा सय शैयाको आइसोलेसन सेन्टर निर्माण गरिने

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङलिङ नगरपालिकामा ५० शैयाको आइसोलेसन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शैयाको हुने गरी जिल्लामा एक सय शैयाको आइसोलेसन सेन्टर निर्माण गर्न संसद पूर्वाधार विकास कोषको प्रयोग गर्न सकिने जानकारी दिएका छन् ।

जिल्ला सदरमुकाम फुङ्लिङमा आज सरकारी कार्यालय प्रमुखसँगको छलफलमा उनले उक्त जानकारी दिँदै ती प्रमुखलाई सरकारले दिएका जिम्मेवारी

कुशलतापूर्वक लागू गर्न निर्देशन दिए । उनले इमादारपूर्वक जनताको सेवा गर्न निर्देशन दिँदै जनताले दुःख नपाउने गरी छिटोछरितोरुपमा सेवा दिन आग्रह गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?