मुम्बईसँग दिल्लीको लज्जास्पद हार, मुम्बई लगातार दोश्रो पटक फाइनलमा

काठमाडौं । आर्यपीएलको १३ औँ सीजनको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ ।

डिफेन्डिङ च्याम्पियन मुम्बई लगातार दोश्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

रोहित शर्माको कप्तानमा रहेको टीम ५ औँ पटक आईपीएलको उपाधि हात पार्नबाट मात्र एक कदम पछाडि छ ।

यो भन्दा अगाडि मुम्बर्यले फाइनलमा चेन्नई सुपरकिंग्सलाई १ नले पराजित गरेको थियो । यो भन्दा पहिला मुम्बई २०१७, २०१५, र २०१३ मा विजयी भएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २०१ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले ८ विकेट गुमाएर मात्र १४३ रन नै बनाउन सक्यो । दिल्लीका लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको योगदान गरे ।

जसप्रित बुमराहले ४ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । उनी म्यान अफ दि म्याच समेत बने । सीजनमा दुबै टीमबीचको यो तेश्रो म्याच थियो ।

तीन पटक नै मुम्बईले जीत निकालेको हो । दिल्लीले शुरुवाती तीन विकेट खातै नखोली गुमाएको थियो । पृथ्वी शा, शिखर धवन र अंजिक्य रहाणे खाता नखोली पेभेलियन फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?