दिल्लीको ३ ओभरमा १५ रन, शा, धवन र रहाणे खाता नखोली आउट, मुम्बईद्वारा २०१ रनको लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको पहिलो क्वालिफायरमा आज साँझ पौने ८ बजेदेखि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच दुबईमा खेल भईरहेको छ ।

दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनायो ।

२०१ रनको लक्ष्य पाएको दिल्लीले ३ ओभरमा १५ रन बनाउँदै ३ विकेट गुमाएको छ । पृथ्वी शा, शिखर धवन र अंजिक्य रहाणे खाता नखोली आउट भए ।

जित्ने टीम सिधै फाइनलमा जाने छ । साथै हार्ने टीमलाई अर्को एक मौका मिल्नेछ । साथै हार्ने टीमले ६ नोभेम्बरमा हुने एलिमिनेटरको विजेतासँग भिड्नुपर्नेछ ।

साथै त्यो खेल जित्ने टीमलाई फाइनलमा मौका मिल्नेछ । एलिमिनेटर आबुधाबीमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?