मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना संक्रमणमुक्त भई आजदेखि नियमित काममा फर्किएका छन्।
मन्त्री कार्कीलाई कोरोना संक्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट होम आइसोलेशबाट बाहिर आएका उनका निजीसचिव रवी खनालले बताउनुभयो । दुई सातापछि पुनःपरीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्किएका हुन् ।
सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताए । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते संक्रमण देखिएको थियो
विराटनगरमा पाँचको मुत्यु
यसैबीच विराटनगरमा पछिल्लो १८ घण्टाको अवधिमा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चार जना विभिन्न अस्पताल र एक जना होम आइसोलेसनका रहेका छन् ।
सुनसरी इटहरी –१८ का ५५ वर्षिय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज अपरान्ह मुत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो । मृतकलाई यही कात्तिक १७ उपचारका लागि भर्ना गरिएको थियो ।
सोही अस्पतालमा सिरहा विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको आज आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको प्रवन्धक दाहालले बताए ।
यसैगरी न्यूरो कोभिड अस्पताल विराटनगरमा सुनसरी इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए ।
विराटनगर–११स्थित म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिए । वराटनगर–८ का ७० वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा बुधवार राति मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया