दिल्लीले टस जितेर बलिङ रोजेपछि मुम्बई ब्याटिङमा, सन्दीप आज पनि टीममा परेनन्

काठमाडौं । आईपीएलको १३ औँ सीजनको पहिलो क्वालिफायरमा आज साँझ पौने ८ बजेदेखि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच दुबईमा खेल भईरहेको छ । अहिले दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेपछि मुम्बई ब्याटिङमा उत्रिएको छ ।

जित्ने टीम सिधै फाइनलमा जाने छ । साथै हार्ने टीमलाई अर्को एक मौका मिल्नेछ । साथै हार्ने टीमले ६ नोभेम्बरमा हुने एलिमिनेटरको विजेतासँग भिड्नुपर्नेछ ।

साथै त्यो खेल जित्ने टीमलाई फाइनलमा मौका मिल्नेछ । एलिमिनेटर आबुधाबीमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुनेछ ।

दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पनि प्लेइङ ११ मा पर्न सकेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?