टिपर भीरबाट खस्दा दुईको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भीरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

भीरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?