अध्यक्ष थापा र श्रीमती नरावणेबीच भेट

काठमाडौं । सैनिक श्रीमती सङ्घ नेपालका अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी सङ्घ (भारत)का अध्यक्ष वीना नरावणेबीच भेटवार्ता भएको छ ।

भद्रकालीस्थित सङ्घको कार्यालयमा भएको भेटमा अध्यक्ष नरावणेलाई सङ्घद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।

सो अवसरमा अध्यक्ष श्रीमती नरावणेले सङ्घका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?