काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४३० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।
त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख ७ हजार १९० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया