सडक भासिँदा चार घर जोखिममा

गलकोट । बागलुङ नगरपालिका–३ गुठीस्थित पुरानो वन कार्यालय नजिकै कालोपत्र सडकको बीच भाग आज एक्कासी भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार सुख्खा समयमा वर्षौ पहिले कालोपत्र गरेको सडक एक्कासी भासिएर खाल्टो बनेको छ । सडक भासिदा मानविय क्षति नभएपनि आसपासका घर जोखिमा परेको स्थानीय पार्वती केसी बताए ।

भासिएको सडकको व्यवस्थापनका लागि पहल गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?